११ चैत, विदुर । प्रसिद्ध भैरवी माईको सिन्दुरे जात्रा र देवीघाट जात्राको चहलपहल सुरु भएसँगै नुवाकोटमा एउटा फरक दृश्य देखिन थालेको छ।
यसवर्षको वर्षबन्धन अन्तर्गत यहि चैत १९ गते हुने देवीघाट जात्रा र २१ गते सिन्दुरे जात्रामा भारतीय नागरिक ‘जफर’, जो भारतदेखि सयौँ किलोमिटरको यात्रा तय गरेर वर्षेनी नुवाकोट आइपुग्छन् ।
तीन पुस्तेदेखि जात्रामा विविध खेलौना र बाद्यवाधन लिएर खुशी साट्न आउने उनले बताए।
वर्षौँदेखि जात्राको समयमा मुरली र बाँसुरी लिएर आउने उनीजस्ता व्यापारीहरूले जात्राको रौनकलाई थप साङ्गीतिक बनाउने गरेका छन्।