+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा द्वन्द्वकालीन उजुरीको चाङ, न्यायको पर्खाइमा ५ सय ५९ पीडित परिवार

डबली खबर
७ महिना अगाडी

चैत ९, नुवाकोट । सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगमा नुवाकोट जिल्लाबाट उजुरी दिनेहरूको संख्या उल्लेख्य देखिएको छ।

आयोगको पछिल्लो प्रतिवेदन अनुसार, संक्रमणकालीन न्यायको आशामा नुवाकोटका ५ सय ५९ पीडित र तिनका परिवारले उजुरी दर्ता गराएका छन्। आयोगको तथ्यांक अनुसार नुवाकोटबाट प्राप्त उजुरीहरूमा हत्या, अंगभंग, विस्थापन र सम्पत्ति कब्जाका घटनाहरू मुख्य छन्।

क्र.सं.पालिकाको नामपुरानो उजुरीनयाँ उजुरीजम्मा उजुरी
१सूर्यगढी३३२१५४
२शिवपुरी११३१४
३विदुर५२२६७८
४म्यागङ२४५२९
५लिखु२४३८६२
६दुप्चेश्वर९९१८
७तारकेश्वर१५३१८
८तादी२०२६४६
९किस्पाङ३७७८११५
१०बेलकोटगढी४८२७७५
११पञ्चकन्या२१८२९
१२ककनी१२९२१
कुलजम्मा३०६२५३५५९
संक्रमणकालीन न्यायमा नुवाकोटका ५ सय ५९ पीडित र तिनका परिवारले दिएको उजुरी

चालु आर्थिक वर्षको चैत ८ गतेसम्मको अद्यावधिक विवरण अनुसार सबैभन्दा बढी उजुरी किस्पाङ गाउँपालिकाबाट ११५ र सबैभन्दा कम उजुरी शिवपुरी गाउँपालिकाबाट १४ ओटा उजुरी परेको छ। विदुर नगरपालिकाबाट ७८, बेलकोटगढी नगरपालिकाबाट ७५, किस्पाङ गाउँपालिकाबाट ११५, सुर्यगढी गाउँपालिकालगायत नुवाकोटका अन्य पालिकाबाट कुल ५ सय ५९ पीडित र तिनका परिवारले उजुरी दर्ता गराएका छन्।

उजुरीहरूमध्ये अधिकांश तत्कालीन राज्यपक्ष र विद्रोही पक्ष दुवैबाट भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनासँग सम्बन्धित छन्। आयोगमा पदाधिकारीहरूको नियुक्ति र ऐन संशोधनमा भएको ढिलाइले गर्दा पीडितहरूले लामो समयदेखि न्याय पाउन सकेका छैनन्।

आयोगले यो सातामा जिल्लास्तरबाटै उजुरी लिने कार्य गरिरहेको आयोगका अध्यक्ष महेश थापाले जानकारी दिए । धेरै उजुरी परेकाले प्राथमिकतामा राखेर टोली खटाई विवरण तथा उजुरी सङ्कलन गर्ने कार्य भईरहेको छ।

देशभर हालसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा ७८ हजार ९०९ उजुरी दर्ता भइसकेका छन् भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब ३ हजार २०० उजुरी विचाराधीन छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ