+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अञ्जन श्रेष्ठले प्यानल बनाएपछि महासंघमा विवाद, हस्तक्षेप गर्न पूर्वअध्यक्षहरुको दवाव

अञ्जन श्रेष्ठले प्यानल बनाएपछि महासंघमा विवाद, हस्तक्षेप गर्न पूर्वअध्यक्षहरुको दवाव
डबली खबर
३ हप्ता अगाडी

९ चैत, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा भावी अध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो प्यानल बनाएर चुनावी प्रचारप्रचारमा लागेपछि विवाद चुलिएको छ ।

हाल वरिष्ठ उपाध्यक्ष र चुनाव सकिएपछि स्वतः अध्यक्ष हुने व्यक्तिले चुनावमा आफ्नो टीम बनाएर हिँडेपछि त्यसले महासङ्घ नै विवादित हुने भन्दै त्यसो नगर्न पूर्व अध्यक्षहरुले सुझाव दिएका छन् ।

महासङ्घ पदाधिकारी र पूर्व अध्यक्षहरु सम्मिलित बैंठकमा बोल्ने अधिंकाश पूर्व अध्यक्षहरुले अब स्वतः महासङ्घको अध्यक्ष हुने व्यक्ति आसन्न निर्वाचनमा आफ्नो प्यानल बनाएर हिँड्नु गलत भएको बताएका थिए । उक्त बैंठकमा निवर्तमान अध्यक्ष भवानी राणा बाहेक सबैले श्रेष्ठको उक्त क्रियाकलापको खुलेरै विरोध गरेको सम्मबद्ध स्रोतको भनाई छ ।

उक्त बैठकमा विशेषगरी पूर्व अध्यक्षहरु पशुपति मुरारका, प्रदिप श्रेष्ठ, पद्यम ज्योति, विनोदबहादुर श्रेष्ठ लगायतले अब हुने अध्यक्ष अञ्जन श्रेष्ठले चुनावमा प्यानल बनाएर हिँड्नु गतल काम भएको त्यसो नगर्न सुझाव दिएका थिए ।

हालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफु वरिष्ठ उपाध्यक्ष हुँदा प्यानल नबनाई निर्वाचनलाइ निष्पक्ष छाडिएको र अहिले अञ्जन श्रेष्ठ पनि निष्पक्ष र स्वतन्त्र भएर बस्नुपर्ने उनीहरुको भनाई थियो ।

fncci federation of Nepal commerce and industry

यसैगरी महासङ्घका अन्य केन्द्रिय सदस्यहरुले पनि अञ्जन श्रेष्ठले टीम बनाएर हिड्नु अनैतिक कार्यका साथै गलत अभ्यास भएको बताउँदै आएका छन् ।

एक केन्द्रिय सदस्यले भने–’अहिले हुनेवाला अध्यक्षले जसरी मेरो यो टीम भन्दै बोकेर हिडेका छन् त्यसले महासंघ भित्र दिर्घकालिन असर पार्नेछ । यदि महासंघ एक ढिक्का बनाएर उद्योगी व्यवसायीको हितमा काम गर्ने हो भने अब हुने अध्यक्ष निष्पक्ष र स्वतन्त्र भएर बस्नुपर्ने उनीहरुको सुझाव थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ