+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा चालुतर्फ खर्च ३०.५६ प्रतिशत

Government of Bagamati Province Office of the Chief Minister and Council of Ministers
डबली खबर
२ महिना अगाडी

३ फागुन, नुवाकोट । बागमती प्रदेश सरकारले चालु आर्थिकवर्ष २०८२/८३ को दोस्रो चौमासिकको अवधिमा ३०.५६ चालुतर्फ खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आवको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा प्रदेश सरकारले चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैँयाको बजेट ल्याएकामा उक्त अवधिभित्र १५ अर्ब पाँच करोड आठ लाख ३८ हजार रुपैँया बजेट खर्च भएको मन्त्रालयले जनाएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ४३.८५ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३७.१० प्रतिशत, प्रदेशसभा सचिवालयले ३७. २९ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ३८.५४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले ३७.१० प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३४.५३ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले ७.६४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ