+
Search

ताजा अपडेट +

पपुलर +

समानुपातिकतर्फ रास्वपाको ४५ लाख ५८ हजार कट्यो

election commission nepal nuwakot trishuli web
डबली खबर
१ महिना अगाडी

२५ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निकै शक्तिशाली पकड जमाएको देखिएको छ।

विवरणअनुसार कुल खसेको ९३ लाख ६० हजार ७६९ मतमध्ये रास्वपाले ४५ लाख २० हजार ३७० मत प्राप्त गर्दै आफ्नो बलियो उपस्थिति कायम गरेको छ। यो मत सङ्ख्या अन्य स्थापित दलहरूको तुलनामा निकै बढी हो।

मत परिणाममा दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १५ लाख १४ हजार ४८३ मत प्राप्त गरेको छ । नेकपा (एमाले) १२ लाख ६७ हजार ४९ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ।

अन्य प्रमुख दलहरूमा नेपाली कम्युनिष्ट पार्टी ६ लाख ८० हजार १८५ मत, श्रम संस्कृति पार्टी ३ लाख २३ हजार ८३२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख १६० मत, जनता समाजवादी पार्टी (जसपा), नेपाल १ लाख ४६ हजार २२१ मत र राष्ट्रिय परिवर्तन पार्टी १ लाख ४४ हजार ९३६ मत प्राप्त गरेका छन्।

विशेषगरी रास्वपाले अहिलेसम्म पाएको करिब ४८ प्रतिशत मतले सत्ता समीकरण र भावी राजनीतिक दिशामा ठूलो फेरबदल ल्याउने निश्चित देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ