+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट २ मा रास्वपाको पकड कायममै

Nepal Election Result 2082 - Nuwakot 2 Belkotgadhi
डबली खबर
१ महिना अगाडी

२२ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो बलियो पकड जमाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकअनुसार बेलकोटगढी नगरपालिकाको कुल २० हजार ७ सय १८ मत गणना भइसकेको छ। जसमध्ये १९ हजार ६ सय ९२ मत सदर र १ हजार २६ मत बदर भएको कार्यालयले जनाएको छ।

विवरणअनुसार रास्वपाका अचुत्तम लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेका हुन्। लामिछानेले हालसम्म ९ हजार २ सय ९७ मत प्राप्त गरिसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीको भन्दा झन्डै दोब्बर बढी हो। केसीले ४ हजार ५ सय ७८ मत प्राप्त गरेका छन् । लामिछानेको तुलनामा ४ हजार ७ सय १९ मतले कम हो।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डे ३ हजार ४ सय १९ मतका साथ तेस्रो स्थानमा देखिएका छन्।

नेकपाका उम्मेदवार हिरानाथ खतिवडाले २ हजार ४ सय ७० मत प्राप्त गर्दै प्रतिस्पर्धामा चौथो स्थान ओगटेका छन्।

अन्य उम्मेदवारहरूमध्ये उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले ४ सय ३, राप्रपाका झनक प्याकुरेलले २ सय ८८ र अन्य दलका उम्मेदवारहरूले न्यून मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ