२० फागुन, विदुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. १ र २ को मतगणना गरिने स्थान तोकिएको छ।
विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र खरानीटारमा रहेको निर्वाचन अधिकृत कार्यालयले आज छुट्टाछुट्टै सूचना जारी गरी मतगणना गरिने स्थानको तोकेको हो ।
नुवाकोट-१ को मतगणना जिल्ला अदालत कार्यालय नुवाकोटमा गरिने भएको छ।
यस्तै, नुवाकोट-२ को मतगणना जिल्ला अदालत कार्यालय नुवाकोटमा गरिने भएको छ।
प्रतिक्रिया