२७ माघ, नुवाकोट । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेको प्रतिवेदनले अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिएको छ । प्रतिवेदनमा पुँजीगत खर्चको कमजोर अवस्था, राजस्व सङ्कलनको सुस्तता र संरचनागत चुनौतीलाई पुनः उजागर गरेको उल्लेख छ ।
संशोधित अनुमानअनुसार चालु खर्च ९५.३४ प्रतिशत, पुँजीगत खर्च ५९.६५ प्रतिशत र वित्तीय व्यवस्था ८५.०२ प्रतिशत रुपैयाँ हुने अपेक्षा गरिएको छ । जसमा चालुखर्चमा ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्था ३ खर्ब १९ अर्ब ०४ करोड अपेक्षा गरेको छ । यसले विकास निर्माणमा पर्ने प्रभावलाई संकेत गरेको छ ।
गत जेठ १५ मा प्रस्तुत गरिएको बजेटमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको थियो ।
यसमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको थियो ।
संशोधित अनुमानअनुसार चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड (९५.३४ प्रतिशत), पुँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड (५९.६५ प्रतिशत) र वित्तीय व्यवस्था ३ खर्ब १९ अर्ब ०४ करोड (८५.०२ प्रतिशत) रुपैयाँ हुने अपेक्षा गरिएको छ । यसले विकास निर्माणमा पर्ने प्रभावलाई संकेत गरेको छ ।