१३ माघ, विदुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा मतदान स्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ ।
जिल्ला सुरक्षा समिति नुवाकोटले जिल्लाका मतदानस्थल र सुरक्षासम्बन्धी जानकारी लिनुका साथै सुरक्षा योजना निर्माणका लागि भन्दै अनुगमन गरेको हो ।
नुवाकोटमा दुई लाख ४७ हजार ८६८ जना मतदाता, १३२ मतदानस्थल
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी संयोजक रहेको सुरक्षा समितिले आज मङ्गलबारदेखि मतदान स्थलको अनुगमन तथा निरीक्षण सुरु गरेको बताए । निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण गर्न र मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन अनुगमन गरेको उनले बताए ।
अनुगमनपछि नुवाकोट जिल्लाका मतदानस्थललाई वर्गीकरण गरिने जनाएको छ ।
नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुरक्षाका दृष्टिले मतदानस्थललाई हरेक निर्वाचनमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइने उनले बताए । वर्गीकरणमा परेका मतदानस्थललाई फरक किसिमको सुरक्षा व्यवस्था मिलाउने गरी सुरक्षा समितिले काम गर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा कुल मतदाता संख्या दुई लाख ४७ हजार ८६८ जना मतदाताहरु रहेका छन् ।