+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा निःशुल्क स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु हुँदै

Swarna Bindu Prashana in Nuwakot
डबली खबर
३ महिना अगाडी

९ माघ, पिपलटार । नुवाकोटमा बालबालिकाको समग्र स्वास्थ्य विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले पहिलोपटक निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु हुने भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा सञ्चालन हुने यो कार्यक्रम १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि लक्षित छ।

कार्यक्रमको औपचारिक सुरुवात यहि माघ १८ गते आइतबारदेखि सुरु हुने चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए। यो कार्यक्रम पुष्य नक्षत्रका दिनहरूमा नियमित रूपमा सञ्चालन गरिने उनले बताए। कार्यक्रम आगामी फागुन १६ गते र चैत १४ गते पनि सञ्चालन हुनेछ।

यस्तै, कार्यक्रम २०८३ वैशाख १० गते, जेठ ६ गते र असार ३ गते सञ्चालन हुनेछ।

उक्त स्वर्णबिन्दुबाट बालबालिकाको स्मरणशक्ति र एकाग्रतामा वृद्धि, शारीरिक बल तथा पाचन शक्तिको सुधार, रोग प्रतिरोधात्मक क्षमताको विकास र दीर्घकालीन स्वास्थ्य प्रवर्धन हुने उनले बताए।

रुघाखोकी लागेका, ज्वरो आएका, खाना नपचेका, झाडापखाला लागेका र आउँ परेका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउनु नहुने उनले बताए।

यो पूर्ण रूपमा निःशुल्क तथा वैज्ञानिक रूपमा लाभदायक कार्यक्रममा सहभागी भएर आफ्ना बालबालिकाहरूको स्वास्थ्य प्रवर्धनमा योगदान गर्न चिकित्सालयले आह्वान गरेको छ।

स्वर्णविन्दु प्राशन के हो ?

स्वर्णविन्दु प्राशन एक आयुर्वेदिक औषधि हो । जसमा शुद्ध स्वर्ण भस्म, मह र ब्राह्मी घृतको मिश्रण गरिएको हुन्छ।

यो औषधि बालबालिकाको मानसिक तथा शारीरिक विकासमा सहयोग पुग्ने, स्मरणशक्ति र एकाग्रता बढाउने, शारीरिक बल र पाचन शक्ति सुधार्ने तथा रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने गरी चिनिन्छ।

यो पूर्ण रूपमा सुरक्षित मानिन्छ र चिकित्सकको निगरानीमा मात्र सेवन गराइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ