+
Search

ताजा अपडेट +

पपुलर +

बैंक र हस्पिटलबीच सम्झौता

nepal bank and medicare hospital contract paper
डबली खबर
५ महिना अगाडी

२१ पुस, काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंककाकार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ