+
Search

ताजा अपडेट +

पपुलर +

‘दिल घुम्यो’ गीतको म्यूजिक भिडियो सार्वजनिक

anjali adhikari music video dil ghumyo
डबली खबर
४ महिना अगाडी

१९ पुस, नुवाकोट । त्रिकोणात्मक प्रेमकथालाई मीठो र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने सानो प्रयासस्वरूप ‘दिल घुम्यो’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

भिडियोमा नेपालको राजमार्ग छेउमा रहेको एक पसल, सुन्दरी साहुनि र उनलाई मन पराउने दुई युवाबीचको प्रेम आकर्षणलाई सुरुदेखि नै रोचक ढंगले देखाइएको छ।

गीतमा पसलकी साहुनिलाई फकाउने दुई पुरुषका प्रयासहरू, उनीहरूबीचको प्रतिस्पर्धा र प्रेमको हल्का हास्य मिश्रित कथावस्तु दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ।

गायक लेख काफ्ले र गायिका बिन्दु परियारको स्वर रहेको उक्त गीत गायक लेख काफ्लेकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द लेख काफ्ले स्वयंका हुन् भने संगीत लेखु सहयात्रीले तयार पारेका छन्। गीतको एरेञ्ज/संकलन बिषम आचार्यको रहेको छ। मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडियोका श्याम श्वेत रसाइलीले गरेका छन्।

बनेपाको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा अन्जलि अधिकारी, सुरेश कोहली र गायक लेख काफ्लेको अभिनय देख्न सकिन्छ। प्रेमिल कथालाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् भने भिडियोमा नवराज उप्रेतीको उत्कृष्ट सिनेमाटोग्राफी प्रशंसनीय छ।

भिडियो हेर्नुहोस् :

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ