+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा जीवन रक्षा पहिलो प्राथमिकता: नेपाली सेना

Nepal Army
डबली खबर
४ महिना अगाडी

पुस ७, नुवाकोट । नेपाली सेनाले राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गर्दै संकट व्यवस्थापनमा जीवन रक्षा पहिलो प्राथमिकता बनाएको उल्लेख गरेको छ।

जेनजी आन्दोलनपछिको जटिल परिस्थितिमा नेपाली सेनाले संविधानको अक्षरस र मर्म दुवैको पालना गरेको स्पष्ट गरेको छ।

यसैगरी सेनाले कुनै राजनीतिक एजेण्डा अघि नसारेको र सत्ता हस्तक्षेपको आकांक्षा नराखेको दाबी गरेको छ ।

संविधानअनुसार सेना नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधीनमा मात्र परिचालित हुने स्पष्टिकरण धारणा व्यक्त गरेको छ ।

गत भदौ २४ को घटनामा जीवन रक्षा नै राज्यको आधारभूत कर्तव्य भएको भन्दै संयमित भूमिका खेलेको बताईएको छ ।

पृथ्वीनारायण शाहको तस्बिरलाई राजनीतिक सन्देश नभई राष्ट्रिय एकताको प्रतीकका रूपमा प्रस्तुत गरिएको प्रकाश पारेको छ ।

इतिहासदेखि हालसम्म सेनाले सत्ता कब्जा नगरेको, बरु संवैधानिक संक्रमणमा संयम र अनुशासन देखाएको पुनः स्मरण गरएको छ ।

आगामी निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य निकायसँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ