+
Search

ताजा अपडेट +

पपुलर +

लगानीकर्ता सचेतना कार्यक्रम

nabil investment bank financial education awareness on world investment day
डबली खबर
६ महिना अगाडी

१ पुस, नुवाकोट । विश्व लगानीकर्ता सप्ताहको अवसरमा नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा लगानीकर्ता सचेतना कार्यक्रम जनज्ञान निकेतन माध्यमिक विद्यालयमा गरिएको छ। कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी लगानीसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा सेयर कारोबारको प्रक्रिया, कुन क्षेत्रमा र कुन कम्पनीमा लगानी गर्ने, डिम्याट खाता कसरी खोल्ने, थोरै पूँजीबाट लगानी कसरी सुरु गर्ने, दीर्घकालीन रूपमा लगानीको वृद्धि कस्तो हुने, आम्दानीको बचत र सही प्रयोग कसरी गर्ने तथा विश्वासयोग्य सेयर कारोबार कम्पनीको पहिचानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

नबिल इन्भेस्टमेन्ट बैंकका मनोहर कँडेलले विद्यार्थीहरूलाई आर्थिक मितव्ययिता अपनाउने, अनावश्यक खर्च घटाउने र सेयर तथा लगानीलाई भविष्यको सुरक्षित आम्दानी तथा पेन्सनसरहको आधार बनाउन सकिने बारेमा जानकारी गराएका थिए। उनले सानै उमेरदेखि थोरै लगानी सुरु गर्दा भविष्यमा उल्लेखनीय प्रतिफल प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लगानीसम्बन्धी विभिन्न जिज्ञासा राख्दै उत्साहपूर्ण सहभागिता जनाएका थिए। यस प्रकारका सचेतना कार्यक्रमले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ