+
Search

ताजा अपडेट +

पपुलर +

मर्मत कार्यका कारण नारायणी शुद्धपानी दुई–चार हप्ता बन्द रहने

डबली खबर
८ महिना अगाडी

१ पुस, नुवाकोट । विगत आठ वर्षदेखि उपभोक्ता तथा ग्राहकको विश्वास जित्दै निरन्तर सेवा प्रदान गर्दै आएको नारायणी शुद्धपानीले सेवा अवरोध हुनेबारे सूचना जारी गरेको छ।

कम्पनीका अध्यक्ष खिलबहादुर अधिकारीका अनुसार आवश्यक मर्मत तथा सुधार कार्य गर्नुपर्ने भएकाले आगामी दुई–चार हप्तासम्म सेवा अस्थायी रूपमा बन्द रहनेछ।

मर्मत कार्य सम्पन्न भएसँगै अझ प्रभावकारी र गुणस्तरीय सेवा सहित पुनः सञ्चालन गरिने नारायणी शुद्धपानी परिवारले जनाएको छ।

कम्पनीले आफ्ना सम्पूर्ण उपभोक्ता तथा ग्राहकप्रति क्षमायाचना व्यक्त गर्दै नियमित रूपमा सेवा उपयोग गरी साथ र सहयोग प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ