+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा दौड

FCAN Road Race 2082
डबली खबर
५ महिना अगाडी

२० मङ्सिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासङ्घले १८ औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा दौड प्रतियोगिता आयोजना गरेको छ ।

महासङ्घद्वारा आयोजित ‘एफक्यान रोड रेस-२०८२’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो भएका छन् । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् ।

पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमश: रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिला खुल्ला १० किलोमिटर तर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएका छन् ।

पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश: रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कर्पोरेट तर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

कर्पोरेट तर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधा तर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

भेट्रान्स तर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

भेट्रान्स तर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भइन ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ