+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा एमालेको मोटरसाइकल र्‍याली

UML motorcycle rally in Nuwakot
डबली खबर
६ महिना अगाडी

२८ कात्तिक, विदुर । नेकपा एमाले नुवाकोटले भोलि हुने जागरणसभाको पूर्वसन्ध्यमा मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टीको आयोजनामा देवीघाटदेखि कोलेनीसम्म कार्यकर्ताहरूले पार्टीका झण्डा बोकेर मोटरसाइकल र्‍याली गरेका हुन् ।

एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्‍यालीमा सहभागिता जनाएका थिए ।

पार्टीका जिल्ला अध्यक्ष बद्री मैनाली, जिल्ला कमिटीका पदाधिकारीलगायतले र्‍यालीमा सहभागीता जनाएका छन् ।

जागरणसभा भोलि कात्तिक २९ गते पार्टी कार्यालय विदुरमा १२ बजे हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ