+
Search

ताजा अपडेट +

पपुलर +

जेन-जीका नवयुवाले अघि सारेका माग अनुचित थिएनन्: शंकर पोखरेल

press meet press chautari
डबली खबर
६ महिना अगाडी

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जीका नवयुवाले अघि सारेको माग उचित भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले यस्तो बताएका हुन् ।

जेन-जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पुरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताए । साथै उनले उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन,’ उनले भने, ‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन ।’

पोखरेलले २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको समेत दाबी गरे ।

उनले ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ उनले भने, ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

साथै, उहाँले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्ने कुरा समेत बताए ।

‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित हुन खोज्दैछ । अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन,’ उनले भने, ‘परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ