+
Search

ताजा अपडेट +

पपुलर +

एमाले नुवाकोटले सुझाव सङ्कलन गर्ने

cpnuml nuwakot meeting
डबली खबर
६ महिना अगाडी

१६ कात्तिक, विदुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटले पार्टी प्रति बौद्धिक वर्गको धारणा र अपेक्षा बुझ्नका लागि व्यापक सुझाव प्रक्रिया सुरु गर्ने भएको छ।

विदुरमा शनिबार बसेको जनवर्गीय संगठनको बैठकले जिल्ला, सचिवालय, पालिका तथा वडा कमिटी हुँदै सुझाव, राय र नीति–गत दिशा सम्बन्धी सल्लाह लेखित रुपमा संकलन गर्ने निर्णय गरेको हो।

वर्तमान देशकाे अवस्थामा पार्टी संगठनलाई गतिशिल मजबुत बनाई समाज परिवर्तनका लागि अग्रभाग राखि अगाडि बन्नकाे लागि भावी रणनीतिक साथ आयोजित तयारी बैठकले उक्त निर्णय गरेको पार्टी सचिव शिवकुमार चित्रकारले बताए ।

बैठकमा आगामी महाधिवेशनको लागि प्रतिनिधि चयनको लागि समेत छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ