+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटना हुदाँ एक जना गम्भीर घाईते

motorcycle accidents caution dabali khabar picture
डबली खबर
७ महिना अगाडी

२२ असोज, नुवाकोट । विदुर नगरपालिका-४ बट्टारस्थित घण्टाघरमा बुधबार बिहान दुर्घटना हुदाँ एक जना गम्भीर घाईते भएको छ ।

आज बिहान करिब १० बजेर ३० मिनेटमा हावाघर–संगमचोक सडकखण्डमा ग १ ख ९९३५ नम्बरको आईचरले बा ६५ प ५०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक विदुर नगरपालिका-१२ का अनिस अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

घाईते अधिकारीलाई त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौंको ग्रान्डी अस्पताले लगिएको प्रहरीले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेको अधिकारीको भेन्टिलेटरमा राखी उपचार भईरहेको परिवार स्रोतले जानकारी दिएको छ ।

दुर्घटनापछि प्रहरीले तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भएका आईचर चालक राधाकृष्ण घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ