+
Search

ताजा अपडेट +

पपुलर +

माझिटारमा विद्युतीय सवारीसाधन दुर्घटना

ev van accident in Majhitar Nuwakot
डबली खबर
७ महिना अगाडी

१२ असोज, नुवाकोट । विदुर नगरपालिका–५ माझिटारस्थित वडा कार्यालय र च्वाडी पब्लिक माध्यमिक विद्यालय नजिक आइतबार एक विद्युतीय सवारीसाधन दुर्घटना भएको छ।

पिपल्टारबाट बट्टारतर्फ आइरहेको ००१ज ४६८ नम्बरको गाडी दुर्घटनामा परे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, असाेज १० गते रातिको ११ बजेर ४० मिनेटको समयमा लिखु गाउँपालिका वडा नम्बर ३ ढिकुरे-छहरे खण्डमा पनि विद्युतीय सवारीसाधन दुर्घटना भएको थियो ।

गँड्खारबाट लिखु खोलामा नजिक टोखा-छहरे सडकखण्डमा त्रिशुलीबाट काठमाडौँतर्फ यात्रु लिन हिँडेको बागमती प्रदेश ०६००१ ज ०३३८ नम्बरको नेपाल माइक्रो समितिमा आबद्ध भएको विद्युतीय सवारीसाधन सडकदेखि अन्दाजी ३० मिटर तल खोलामा पुग्दा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

सवारी साधनमा क्षति हुँदा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ