+
Search

ताजा अपडेट +

पपुलर +

चाडपर्वमा हुने दुर्घटना कम गर्न चालकलाई प्रशिक्षण

डबली खबर
९ महिना अगाडी

४ असोज, नुवाकोट । त्रिशूली यातायात प्रालिले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न चालक तथा सहचालकबीच अन्तर्क्रिया गरेको छ ।

बट्टारमा बुधबार भएको कार्यक्रममा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्ने बारेमा जानकारी प्रदान गरिएको कम्पनीका अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

यस्तै, चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत कार्यक्रममा अवगत गराइएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ