+
Search

ताजा अपडेट +

पपुलर +

प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

डबली खबर
८ महिना अगाडी

२ असोज, नुवाकोट । जेन-जी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा बुधबार बट्टार बजारमा दीप प्रज्वलन गरिएको छ ।

जेन-जी आन्दोलनका अगुवा पूर्णमान कुमार श्रेष्ठले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताए । साथै आन्दोलन विद्रोहको उपलब्धी रक्षा गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा आन्दोलनका प्रतिनिधीहरुको मात्र सहभागिता रहेको थियो ।

जेन-जीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा हालसम्म नुवाकोटका दुईसहित ७३ जनाको मृत्यु भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ