+
Search

ताजा अपडेट +

पपुलर +

सुवेदी र हुमागाईंलाई ‘स्वस्थ्य कार्यालय प्रमुख अवार्ड’

Krishna Prasad Humagain presented with Health Office Chief Award on the occasion of Civil Service Day
डबली खबर
८ महिना अगाडी

२२ भदौ, विदुर । निजामती सेवा दिवसको अवसरमा सञ्जिव सुवेदी र कृष्णप्रसाद हुमागाईंलाई स्वस्थ्य कार्यालय प्रमुख अवार्ड प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको एक समारोहका बीच भू तथा जलाधार कार्यालयका प्रमुख सुवेदी र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंलाई उक्त अवार्ड प्रदान गरिएको कर्मचारी मिलन केन्द्र नुवाकोटकी अध्यक्ष रोशना पोखरेलले जानकारी दिईन् । सुवेदी ४० वर्ष उमेरमुनि र हुमागाईंलाई ४० भन्दामाथिको उमेरको विधामा अवार्ड प्रदान गरिएको उनले जानकारी दिईन् ।

कार्यक्रममा नुवाकोट जिल्लाका न्यायाधिश कोमलप्रसाद आचार्य र प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले संयुक्तरुपमा सम्मानित द्वय सुवेदी र हुमागाईंलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

त्रिशूली अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार निजामती कर्मचारी स्वस्थ रहुन् भन्ने उद्देश्यले उक्त अवार्ड यस वर्षदेखि सुरुवात गरिएको हो ।

कर्मचारी स्वास्थ्य रहे नागरिकलाई सेवा सुविधा दिन सक्षम हुने र कर्मचारी स्वयम् स्वस्थ्य रहे जीवनशैली नै सहज र सरल हुने उनले बताए । स्वास्थ्य परीक्षणमा उचाईअनुसारको उमेर, कलेजो, मृगौला, रगतको मात्रा, पिसाबगरी पूर्ण शरीरको जाँच गरिएको उनले जानकारी दिए । परीक्षणमा जिल्लास्थित सरकारी कार्यालयका १८ कार्यालय प्रमुखहरुको परीक्षण गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ