+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन पत्रकार महासङ्घको माग

Building of Federation of Nepali Journalists
डबली खबर
८ महिना अगाडी

१९ भदौ, काठमाडौं । नेपाल पत्रकार महासङ्घले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घको तर्फबाट महासचिव रामप्रसाद दाहालले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपाल दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासङ्घले असहमति जनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘कुनै विकल्प विना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित हुनसक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ ।’

महासङ्घ सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको दाहालको दाबी छ । तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्नेगरि कुनैपनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार नगर्ने भनिएको छ ।

महासङ्घले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ