+
Search

ताजा अपडेट +

पपुलर +

निजामती सेवा दिवस: कार्यालय प्रमुखहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण

Civil Service Day Health screening of office heads for non-communicable diseases
डबली खबर
८ महिना अगाडी

१६ भदौ, कोलेनी । कर्मचारी मिलन केन्द्र नुवाकोटले आज भदौ १६ गतेदेखि २२ गतेसम्म विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाउने तालिका सार्वजनिक गरेको थियो ।

यसै क्रममा आज सोमबार कर्मचारी मिलन केन्द्रको आयोजना र त्रिशूली अस्पतालको समन्वयमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयका १८ जना कार्यालय प्रमुखहरुको स्वास्थ्य परीक्षण गरिएको हो। स्वास्थ्य परीक्षणमा मधुमेह, रक्तचाप, तौलअनुसारको उचाइ लगायतका जाँचहरू गरिएका थिए।

स्वास्थ्य परीक्षण गर्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे

उक्त परीक्षणको आधारमा आगामी निजामती दिवसको समारोहमा “स्वस्थ कार्यालय प्रमुख पुरस्कार” प्रदान गरिने डा. लामाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ