+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई झोला र स्टेशनरी वितरण

Distribution of bags and stationery to students
डबली खबर
८ महिना अगाडी

४ भाद्र, रसुवा । भूमिदेवी माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयका एक सय ४२ जना छात्रछात्राहरूलाई विद्यालय झोला तथा स्टेसनरी सामाग्री उपलब्ध गराइएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाको समन्वय र समाजसेवी अनिता निगी तामाङ र कम्पनीको नुवाकोट शाखाका वरिष्ठ बजार प्रबन्धक रोजिना घलेको सहयोग र वडा अध्यक्ष लालबहादुर लामा तामाङको उपस्तिथिमा विद्यार्थीहरुलाई झोला र स्टेशनरी उपलब्ध गराइएको कम्पनीका नुवाकोट, रसुवा र धादिङका क्षेत्रीय प्रबन्धक सीताराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामाङले विद्यालयमा हुने यस्ता क्रियाकलापले विद्यार्थीहरूमा थप उत्साह जोश र जाँगर बढ्ने तथा मानिसलाई समाजसेवी भावना जाग्ने कुरा बताए ।

यसै बीच आइएमइ कम्पनीका क्षेत्रीय प्रबन्धक पौडेलले बीमा वर्तमान सन्दर्भमा आधारभूत आवश्यकता भएकोले महत्त्वपूर्ण प्राथमिकताका साथ ग्रामीण समुदायका व्यक्तिहरूलाई बीमाले अझै पनि पूर्णरूपमा समेट्न नसकेको कुरा बताए। साथै आगामी दिनमा पालिका तथा वडासँग समन्वय गरी बीमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने उनले बताए ।

बीमा क्षेत्रमा लागेर समाजसेवाको भावनाले देशविदेशमा आफूलाई पहिचान बनाउन सफल कम्पनीको नुवाकोट शाखाका वरिष्ठ बजार प्रबन्धक रोजिना घलेले हजारौं परिवारलाई सुरक्षित गराउँदै आफ्नो आम्दानीको केही प्रतिशत रकम यसरी विद्यालयमा सहयोग गरेकोमा आभार प्रकट गरिन् । सेवाभावका सहयोगी अनिता तामाङ जस्ता व्यक्तिहरूको सहकार्यले अझै अघि बढ्न प्रेरणा मिलेको घलेको भनाई थियो ।

कार्यक्रममा दाताहरूलाई विद्यालयको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ