+
Search

ताजा अपडेट +

पपुलर +

तरूण दलको पाँचौं महाधिवेशन मंसिरमा, यस्तो छ कार्यतालिका

Tarun dal Nepali Congress
डबली खबर
१० महिना अगाडी

२ भाद्र, नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरको छ। कांग्रेसले अनुमोदन गरी उक्त कार्यतालिका तरूण दललाई प्राप्त भएको थियो। उक्त कार्यतालिका तरूण दलले ७७ जिल्ला कार्यसमितिमा पठाइसकेको जनाएको छ।

गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भने पनि पाँच भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए।

नियमित महाधिवेशन नभएका भ्रातृ संस्थामा कांग्रेसले अधिवेशन गराउन भन्दै तदर्थ समिति गठन गरेको छ। तर पटकपटक म्याद थप गर्दा पनि महाधिवेशन हुन सकेको छैन।

विद्वान गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो।

कार्यतालिका

१. २०८२ भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने।

२. २०८२ साल भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने।

३. २०८२ साल कार्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने।

४. २०८२ साल कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने।

५. २०८२ साल मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने।

६. नेपाल तरूण दलको गौरवमय पाँचौं महाधिवेशन २०८२ मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ