+
Search

ताजा अपडेट +

पपुलर +

तादीको जोखिमयुक्त ढुङ्गा फुटाउने तयारी

A large rock is being washed away due to rain in Tadi Rural Municipality-4, Bahrabise.
डबली खबर
८ महिना अगाडी

२५ साउन, विदुर । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको आज आईतबार बसेको बैठकले विपदजन्य घटनाहरूको समीक्षा गर्दै विपद समितिले विभिन्न निर्णयहरू कार्यान्वयनमा ल्याएको छ।

बैठकले तादी गाउँपालिका–४ बाह्रविसेमा वर्षाका कारण भासिँदै गएको ठुलो ढुङ्गा १४ घर परिवारका लागि उच्च जोखिम बनेकोले गाउँपालिकाको व्यवस्थापनले ढुङ्गा फुटाउने कार्य गर्ने निर्णय गरेको छ।

उक्त ढुङ्गा गाउँपालिकाले नसकेको अवस्थामा स्थानीय तहको प्रतिवेदनका आधारमा ढुङ्गा फुटाई जोखिम व्यवस्थापन गर्न नेपाली सेना शेर गणमार्फत प्रतिवेदन पेश गर्न एवं बागमती प्रदेश विपद व्यवस्थापन समिति तथा नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय निर्णय गरेको छ ।

आवश्यक उपकरण र अपरेटर टोली त्रिशुली-३ ‘बी’ आयोजनाबाट उपलब्ध गराइनेछ भने स्रोत साधन गाउँपालिकाले व्यवस्थापन गर्ने जनाएको छ।

गत असार १३ गते ककनी गाउँपालिका–१ कागती गाउँमा बाढीले कमला बलामीको मृत्यु भएपछि तत्काल राहतस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ । जुन जिल्ला विपद् कोषबाट शोधभर्ना गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए। यस्तै, सूर्यगढी गाउँपालिका–१ लच्याङमा थप क्षति रोक्न २५ टेन्ट र ३० त्रिपाल वितरण गरिएको छ।

बैठकले त्रिशुली नदीमा आएको बाढीले माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको सुरुङमा जोखिम उत्पन्न गरेपछि मनसुन अवधिभर इन्टेक पोर्टल बन्द राख्ने सिफारिस गरिएको छ।

गर्मी मौसममा फैलन सक्ने रोगहरू नियन्त्रणका लागि औषधि, सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न जनस्वास्थ्य कार्यालय र स्थानीय तह सक्रिय छन्। बैठकले मानवीय सहयोग सामग्रीहरू पनि तयारी अवस्थामा राख्न संघसंस्थालाई निर्देशन दिइएको छ।

सार्वजनिक सेवा प्रवाहमा अवरोध हुन नदिन विद्युत, खानेपानी, सञ्चार, सडक लगायतका पूर्वाधारको मर्मत र सञ्चालनमा सरोकारवाला निकायहरू तयारी अवस्थामा छन्।

विशेषगरी काठमाण्डौ प्रवेशद्वार गुर्जे–छहरे सडक खण्डमा पहिरो र भासिएको सडक तत्काल मर्मत गरी सुचारु राख्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ