+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा विश्व आदिवासी दिवस मनाइयो

Member of the House of Representatives Hit Bahadur Tamang addressing the 31st International Day of the World's Indigenous Peoples
डबली खबर
९ महिना अगाडी

२४ साउन, विदुर । नुवाकोटमा पनि ३१ औं विश्व आदिवासी दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा नुवाकोटमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका मानिसहरूले आ-आफ्नो जात जातिको वेशभूषा कला संस्कृति प्रदर्शन गर्दै विश्व आदिवासी जनजाति दिवस मनाएका हुन् ।  

महासङ्घको नेतृत्वमा विदुर नगरपालिकाको गङ्गटेबाट गङ्गटे पार्कसम्म मगर, नेवार, तामाङ, राई, माझीलगायत जातीय संस्थाहरूले आफ्नो ब्यानरसहित र्‍याली निकालेका थिए। पार्कमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले आदिवासी समुदायको केही जातीय थरमा समस्या रहेकोले सरकारी सुचिकृतमा समस्या रहेको बताउँदै प्रक्रियागत समाधानमा जानुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभाकी पूर्व उपसभामुख राधिका तामाङले बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषा सरकारी कामकाजी भाषाको रूपमा प्रचलन ल्याएतापनि कार्यान्वनमा ल्याउन आदिवासी समुदाय लाग्नुपर्ने बताईन् ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सुर्यबहादुर गुरूङले सबै जातीय समुदायले सबै जातजातिलाई सम्मान गर्नुपर्ने बताए । अहिलेको समय आदिवासी समुदाय कृत्रिम बुद्धिमत्ताको विकाससँगै चुनौती रहेकोले समुदायको संरक्षणको लागि शिक्षा दिनुपर्ने बताए ।

उनले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारका १६ जनानै रहस्यमय रूपमा सम्पर्कविहीन भइ थातथलो छोडी अन्यत्र बसाई सरेकोमा सत्यतथ्य अनुसन्धान गरी संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष तथा तामाङ घेदुङ नुवाकोटका अध्यक्ष वीरबहादुर तामाङ, विदुर नगरपालिकाका-५ का अध्यक्ष लिलानाथ न्यौपाने, ११ का अध्यक्ष बाबुराम तामाङलगायतले आदिवासी समुदायको उत्थान र संरक्षणको चुनौतीबारे इङ्गित गर्दै सरोकारवालासँग समुदायले नीतिगत रुपमा कार्य गर्नुपर्ने बताए।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् नुवाकोटका अध्यक्ष भगवान रानामगरले जिल्लामा रहेका आदिवासी जनजाति समुदायका वस्तुस्थिति बारे जानकारी गराउँदै स्थानीय निकाय, प्रदेश र सङ्घीय सरकारबाट संरक्षणको पहली कदम कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा आदिवासीका विभिन्न समुदायको नृत्य कला समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ