१५ साउन, नुवाकोट । शिवपुरी गाउँपालिका–८ स्थित लौके झरनामा फसेका चार जनालाई आज प्रहरीले सफल उद्दार गरेको छ।
बिहीबार साँझ करिब ६:५८ बजे तिरको समय झरनाको पानीको वहाव बढ्दा खोला तर्न नसके पछि प्रहरीले उद्धार गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख शशीधर घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उद्धार गरिएकोमा ललितपुर जिल्लाका सातदोबाटो बस्ने लक्ष्मी शिंखडा, शिवपुरी गापा-८ का अनिश नेपाली, कृष्ण नेपाली र राजेश नेपाली रहेका छन् ।
उद्धारका लागि प्रहरी सहायक निरीक्षक राजबाबुसिंह राजपुतको कमाण्डमा सशस्त्र प्रहरीसहित तीन जनाको टोली खटिएको थियो।

प्रतिक्रिया