२९ असार, नुवाकोट । लागु औषधसहित प्रहरीले सिमुटारबाट ६ जनालाई पक्राउ गरेको छ ।
स्कुटरमा लागु औषध ओसारपसार गर्दैछन् भन्ने गोप्य सूचनाको आधारमा नुवाकोट प्रहरीले बिदुर नगरपालिका-१ सिमुटारस्थित पासाङल्हामु सडकखण्डमा अभियुक्तहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाका अनुसार गत असार २७ गते साँझ बा ८६ प ८८९२ नम्बरको स्कुटरमा सवार तीन जनालाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित फेला परेका हुन्।
पक्राउ पर्नेमा विशाल मग्राती, प्रोमेश श्रेष्ठ र प्रदिप बिसुन्के रहेका छन्। उनीहरूको साथबाट लागूऔषध ट्रमान–५० लेखिएको ९२ पत्ता अर्थात् ९२० क्याप्सुल, नोफिन लेखिएको १५ एम्पुललगायत जम्मा ४५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, प्रारम्भिक सोधपुछपछि घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धान गर्दा अन्य तीन जना पनि लागुऔषधसहित फेला परेका थिए। पक्राउ पर्नेमा अनिस रानामगर, राजिव ढुङ्गाना र पूर्ण तामाङ रहेका छन्।
अभियुक्तहरुलाई लागुऔषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य पक्षहरूको खोजी र लागुऔषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया