+
Search

ताजा अपडेट +

पपुलर +

स्वयम् सेवकलाई अनुशिक्षण तालिम

In-service training for volunteers
डबली खबर
१० महिना अगाडी

१९ असार, नुवाकोट । विदुर नगरपालिका र सशत्र प्रहरीको संयुक्त आयोजनामा विदुरमा समुदाय बिपद् स्वयम् सेवक अनुशिक्षण तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले स्वयम् सेवक शब्द पवित्र र प्रतिबद्ध बढी हुने भएकोले सहभागीहरुलाई पूर्णपालनाका साथ आफ्नो भूमिका निर्वाह गर्न अनुरोध गरे।

कार्यक्रममा विदुर नपा-३ का वडा अध्यक्ष बद्रि रिमालले प्राकृतिक र मानवीय विपद हुने भएकोले नगरबासीको सुरक्षाका निम्ति नगरपालिकाले १३ वटै वडामा रहेका प्रहरी चौकीहरुलाई विपदका सामग्री उपलब्ध गराउने बताए ।

असार १९-२१ गते सम्म सञ्चालन हुने तालिममा विदुर नगरपालिकाका १३ वटै वडाका २६ जना स्वयम् सेवकहरुलाई विपद व्यवस्थापन शाखाका प्रमुख सुबास पाण्डेले जानकरी दिए ।

तालिममा सशत्र प्रहरी बल नेपाल नं. १९ गुल्मका प्रतिनिधिहरुले विपदमा घटनामा उद्धार सम्बन्धि सहजीकरण गर्ने छन्।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, सशस्त्र प्रहरी नुवाकोटका प्रमुख रामकुमार खिउजुलगायतको उपस्थिति रहेको तालिममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोग रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ