+
Search

ताजा अपडेट +

पपुलर +

आमाबुबाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

Social security allowance for orphaned children
डबली खबर
१० महिना अगाडी

१५ असार, नुवाकोट । विदुर नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले आमाबुबाविहीन नौ बालबालिकालाई एक कार्यक्रमकाबीच भत्ता वितरण गरिएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले अभिभावकत्व निर्वाह अन्तर्गत नगरले मासिक दुई हजारको दरमा एकमुष्ट सबै बालबालिकालाई २४ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गरे ।

उपप्रमुख प्रभा बोगटीले आमाबुवाविहीन भएका बालबालिकामध्ये हाल पहिचान भएका बालबालिकालाई उक्त भत्ता वितरण गरिएको बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ