+
Search

ताजा अपडेट +

पपुलर +

भेट्रान कप फुटबल: विदुर-१ ‘ए’ को विजयी सुरुवात

trishuli ward number 1 team a football team
डबली खबर
१० महिना अगाडी

११ असार, नुवाकोट । आजदेखि सुरु भएको प्रथम अन्तर वडास्तरिय भेट्रान फुटबल प्रतियोगितामा विदुर-१ ‘ए’ ले विजयी सुरुवात गरेको छ ।

त्रिभूवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा विदुर-१ ‘ए’ले विदुर-९ लाई १-० गोल अन्तरले जीत हासिल गरेको हो।

बहुवार्षीय योजना अन्तर्गत निर्माण भईरहेको विद्यालयको खेलमैदान (मिनी रङ्गशाला)मा भएको खेलको पहिलो हाफमा दुवै समुहबाट कुनै पनि गोल हुन नसकेको थिएन ।

खेलको दोस्रो हाफमा विदुर-१ ‘ए’ का जर्सी नम्बर १४ का श्रीकृष्ण डङ्गोलले एक गोल गरे । उनले गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रतियोगिताको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ