+
Search

ताजा अपडेट +

पपुलर +

नगरसभा सदस्यहरुको बहिष्कारपछि विदुरको नगरसभा स्थगित (भिडिओसहित)

Bidur municipality 17th annual meeting
डबली खबर
११ महिना अगाडी

९ असार, नुवाकोट । विदुर नगरपालिकाको १७औं नगरसभा स्थगित भएको छ । नगरसभा सदस्यहरुको बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु र नगरका कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएपछि सभा स्थगित गरिएको नगरप्रमुख राजन श्रेष्ठले घोषणा गरेका हुन् ।

गाउँ/नगर/जिल्ला सभा सञ्चालन ऐन २०७५ को दफा ५ अनुसार सभामा ६६ सदस्यमा कुल २७ संख्या सदस्य उपस्थिति रहेकोले उक्त सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिन नआएकोले सोहि ऐनअनुसार नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगरप्रमुख श्रेष्ठले यहि बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

नगरसभा स्थगित घोषणा हुनुभन्दा अगाडी एमालेबाट निर्वाचित वडा अध्यक्षहरु र नगरसभा सदस्यहरूले नगरकार्यपालिका पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्‍जितले भने, “बजेटको विस्तृत विवरण हेर्न र पाउन सकेनौ। बजेट पेश गर्दै गर्दा विदुर नगरपालिकालाई दुरगामी असर पुग्ने गरी पेश गर्नुभयो।”

सात करोड रुपैँया उपभोक्तालाई भुक्तानी गर्नुपर्ने हुदाँहुदैँ पनि आगामी बजेटमा १० करोड रुपैँया दायित्व पेश गरेको हुनाले आगामी कार्यक्रम तथा योजना कम गरी उक्त उपभोक्ता समितिको रकम भुक्तानी दिने प्रस्ताव अस्विकार गरेकोमा विरोध जनाएको उनले बताए ।

विदुर नगरको आगामी बजेट एक अर्ब १२ करोड ९९ लाख रुपैँया बराबरको बजेट रहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ