५ असार, नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नुवाकोटले भष्ट्रचार विरोधी अभियान उद्घाटन गरेको छ।
बिहिवार बिदुरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा पार्टीको केन्द्रिय उपाध्यक्ष शम्भु कट्टेल, पार्टीको ८ नम्बर ब्यूरोका सेक्रेटरी सरोज शर्मा, जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठ, रसुवा जिल्ला इञ्चार्ज एवम् केन्द्रीय सदस्य बद्री चापागाईंलगायतको उपस्तिथीमा पार्टीले जिल्लामा भष्ट्रचार विरोधी अभियान उद्घाटन सुरु गरेको हो ।
केन्द्रको अंगको रुपमा क्षेत्रीय ब्युरो, जिल्ला र स्थानीय तहको संरचना रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ब्युरो र जिल्ला जिल्लामा भष्ट्रचार विरोधी अभियान एकैसाथ उद्घाटन गरेका छन् ।
पार्टीको अपिलमा भनिएको छ– ‘हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन । मन्त्रालय, प्रशासनिक तथा स्थानीय निकायहरू, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ, घुसखोरी ब्याप्त छ । घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो । तर स्वयम् सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ । देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो । तर स्वयम् सरकार, त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन ।’

प्रतिक्रिया