२२ जेठ, नुवाकोट । नेपालको सशस्त्र प्रहरी बल, यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटबाट एक सय १० जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन्।
दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले प्रशिक्षार्थीहरूलाई संगठनमा स्वागत गर्दै उनीहरूलाई संगठनका महत्वपूर्ण जिम्मेवारीहरू पालन गर्न अनुशासन, व्यावसायिकता, पारदर्शिता र निष्पक्षताको साथ कार्य गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण ढुंगानाले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउँदै तालिममा सिकेका ज्ञान, सीप, र कौशललाई प्रतिबद्ध भएर कार्यक्षेत्रमा लागू गर्न निर्देशन दिएका छन् ।
उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया