+
Search

ताजा अपडेट +

पपुलर +

२४ जना गृहिणी महिलाहरु स्ट्रबेरी खेती तालिम

strawberry farming training in Kispang Rural Municipality
डबली खबर
१० महिना अगाडी

३१ जेठ, नुवाकोट । किस्पाङ गाउँपालिका-१ भाल्चेका २४ जना गृहिणी महिलाहरुले उद्यमशीलता विकास र स्ट्रबेरी खेती सम्बन्धी तालिम लिएका छन् ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउन तालिम आयोजना गरिएको वडा नम्बर १ का अध्यक्ष वडाअध्यक्ष पशुपति घलेले बताए । गत जेठ १६ गते ३० गतेसम्म भएको तालिममा महिला सशक्तिकरण अभियान अन्तर्गत सञ्चालन गरिएको उनले बताए ।

तालिममा सहभागीहरूलाई स्ट्रबेरी खेतीको प्रविधि, रोग नियन्त्रण, मल व्यवस्थापन तथा बजार पहुँच सम्बन्धी विस्तृत जानकारी दिइएको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक सुकबहादुर घले जानकारी दिए ।

आर्थिक आत्मनिर्भरताको दिशामा महत्वपूर्ण पाइला साबित हुने अपेक्षा गरिएको गाउँपालिकाका कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले बताए।

कार्यक्रमको सफलताले उद्यमशील बन्ने आत्मविश्वास बढाएको सहभागी महिलाहरू बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ