+
Search

ताजा अपडेट +

पपुलर +

बाँडेचौरमा “अभ्यास मनसुन-५”

bahadur sher gana mansoon demonstration
डबली खबर
११ महिना अगाडी

२९ जेठ, नुवाकोट – नेपाली सेनाको बहादुर श्री शेर गणले बाँडेचौरमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी नमुना अभ्यास तथा प्रदर्शन गरेको छ ।

मनसुन नजिकिँदै जाँदा नेपाली सेनाले विदुर नगरपालिका-५ स्थित बाँडेचौरमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमुना अभ्यास सरोकारवाला र स्थानीयमाँझ “अभ्यास मनसुन-५” प्रस्तुत गरेको हो ।

अभ्यासबाट जिल्लामा क्रियाशील निकायहरुको तयारीको अवस्था, उपलब्ध स्रोत साधनको अवस्था, समन्वयको अवस्थाबारे पहिचान भई कमजोर देखिएका विषयहरुमा सुधार गर्नका लागि सिकाई अभ्यास तथा प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

चन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थी र सेनाको संयुक्त अभिनय रहेको प्रदर्शनमा विपद्को समयमा उद्धार, राहत, सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक नमुना अभ्यास पनि गरिएको शेर गणका प्रमुख सेनानी अशोककुमार मल्लले बताए ।

विपद व्यवस्थापनमा संलग्न हुने निकायहरुलाई क्रियाशील बनाई तयारी अवस्थामा राख्ने उद्देश्यसहितको अभ्यासमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको प्रदर्शनीमा जिल्ला विपद व्यवस्थापन केन्द्र, प्रशासन कार्यालय, शसस्त्र प्रहरी, जनपथ प्रहरी, जिल्ला रेडक्रस सोसाईटी, विदुर नगरपालिकाको विपद प्रतिकार्य समिति, जनस्वास्थ्य कार्यालय, त्रिशुली अस्पताललगायतको सहकार्यमा गरिएको प्रदर्शन विदुर नगरपालिकाको समन्वयमा भएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ