+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनाका ४९७ जना सैन्यहरू दीक्षित

Number 1 nepal army training farewell in Nuwakot
डबली खबर
११ महिना अगाडी

२३ जेठ, विदुर । नम्बर १ सैन्य तालिम केन्द्र नुवाकोटमा सञ्चालित सैन्य आधार तालिमबाट ४९७ जना नेपाली सेनाका सैन्य दीक्षित भएका छन् ।

शुक्रबार सैन्य आधार तालिमको अन्तिम दलेल कवज समारोहमा उनीहरुलाई बलाधिकृत रथी निर्मलकुमार थापाले दीक्षित गर्दै सेवा प्रवेश गराएका हुन् ।

विदुर नगरपालिकाको विदुरमा रहेको सैन्य तालिम केन्द्रमा नौ महिने तालिम पूरा गरेकाहरुलाई एक समारोहको आयोजना गरेर दीक्षान्त गरिएको हो । सि.सं. ८१ सैन्य आधार तालिमको दीक्षान्त समारोह सम्पन्न भएको केन्द्रपति देवराज भट्टले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी थापाले दीक्षितहरुलाई निर्देशन दिदैं आधारभुत तालिम सेना जीवनको सुरुवात भएकोले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।

राष्ट्रले योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी काम गर्नुपर्ने बताए ।

तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट हुन सफल भएका सिपाहीलाई बलाधिकृत रथी थापाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ