+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कांग्रेस सभापति देउवाद्वारा ‘खनियाबास विद्रोह’ लोकार्पण

कांग्रेस सभापति देउवाद्वारा ‘खनियाबास विद्रोह’ लोकार्पण
डबली खबर
१० महिना अगाडी

२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरेका छन् ।

बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

नेपाली लेखक सङ्घ नुवाकोटद्वारा प्रकाशित उक्त पुस्तक तत्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो । ‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो ।

नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् ।

लेखक एवं साहित्यकार श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव तथा नुवाकोट साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ