+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरू

panchakanya mandir puja
डबली खबर
११ महिना अगाडी

१७ जेठ, नुवाकोट । विदुर नगरपालिका–८, बगुवास्थित पञ्चकन्या मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरू भएको छ ।

पञ्चकन्या सेवा समितिद्वारा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ कथा प्रवचन २०८२ धार्मिक सत्संग एवम् प्रवचन कार्यक्रम जेठ १७ गतेदेखि २५ गतेसम्म हुने समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

राम मन्दिरस्थित त्रिशूली नदीबाट कलश शोभायात्रा विभिन्न बाजागाजासहित झाँकी तथा र्यालीले त्रिशूली बजार, कोलेनी, हात्तीगौंडा, बगुवाहुँदै मन्दिर परिक्रमा गराई जल तथा फूलपाति यज्ञ मण्डपमा स्थापना गरेको थियो ।

आजदेखि मन्दिरमा अष्टमातृका मूर्ति स्थापना, विविध भौतिक पूर्वाधार विकास निर्माण तथा नियमित पुजारी व्यवस्थापनार्थ कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलबाट श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कथा प्रवचनमा विभिन्न देवलिला जनचेतनामूलक नाटक प्रस्तुतिसहित संगीतमय कथा प्रवचन हुने जनाएको छ ।

हरेक दिन बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म श्रीम‌द्भागवत सतचण्डी, वेदपाठ, रुद्राभिषेक (रुद्री पाठ), सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमि दान, ब्राहमण भोजन सहित पितृ‌को फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्यूचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने जनाएको छ ।

देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म, सौभा ७:०० बजेदेखि १०:०० बजेसम्म, जेठ २४ गते शनिवार भागवत् पुस्तकमा तिलार्पण, लक्ष्यवर्ती प्रज्वलन, रात्री जाग्राम कार्यक्रम र जेठ २५ गते आईतवार यज्ञ समापन एवम् पूर्णाहुति कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ