+
Search

ताजा अपडेट +

पपुलर +

शिवम सिमेन्टको ‘नो कम्प्रोमाइज’ अभियान सम्पन्न

Shivam Cement Logo
डबली खबर
१ साल अगाडी

काठमाडौं – शिवम सिमेन्टले ‘नो कम्प्रोमाइज’ भन्ने नारासहित सञ्चालन गरेको विशेष प्रचार अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीले गुणस्तरप्रति कुनै सम्झौता नगर्ने आफ्नो मूल दर्शनलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानले कम्पनीका उत्पादन र सेवाप्रति दृढ विश्वास पुनः स्पष्ट पारेको जनाएको छ।

कम्पनीले ‘उद्योग वा व्यक्तिगत प्रयोजनका लागि सिमेन्टको आवश्यकता जतिसुकै होस्, हामी कुनै सम्झौता गर्दैनौं’ भन्ने सन्देश दिँदै उत्पादनको गुणस्तर र सुरक्षामा अडिग रहने प्रतिबद्धता व्यक्त गरेको छ। ‘नो कम्प्रोमाइज’ नारालाई मात्र प्रचारको हिस्सा नभई, शिवम सिमेन्टको व्यावसायिक नीति र आचरणको आधारको रूपमा प्रस्तुत गरिएको छ।

शिवम सिमेन्टले नेपालमै उत्पादन गरिने पहिलो ओपीसी सिमेन्टको रूपमा पहिचान बनाइसकेको छ। आधुनिक प्रविधिसहितको उत्पादन प्रणालीमार्फत गुणस्तरीय सिमेन्ट निर्माण गर्दै आएको यस कम्पनीले विगतमा ‘एनएस क्वालिटी अवार्ड २०१९’ पनि प्राप्त गरिसकेको छ, जसले यसको गुणस्तरप्रतिको निष्ठा प्रमाणित गर्छ।

‘नो कम्प्रोमाइज’ अभियानको क्रममा शिवम सिमेन्टले विभिन्न बजारहरूमा उपक्ता तथा सरोकारवालाहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै जानकारीमूलक तथा अनुभव साझा कार्यक्रम सञ्चालन गरेको थियो। एक सन्तुष्ट प्रयोगकर्ताले आफ्ना घर निर्माणमा शिवम सिमेन्टको प्रयोगले दिएको मजबुती र टिकाउपनको अनुभव बाँड्दै कम्पनीको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति सही रहेको पुष्टि गरेका थिए।

शिवम सिमेन्टले भविष्यमा पनि गुणस्तर, विश्वास, दिगोपन र ग्राहक सन्तुष्टिमा आधारित सेवालाई निरन्तरता दिँदै ‘नो कम्प्रोमाइज’ दृष्टिकोणलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ