+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सम्झौता

citizen international bank and lomus digital
डबली खबर
१२ महिना अगाडी

११ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लोमस डिजिटल प्रालिबीच सम्झौता भएको छ ।

आईतबार एक कार्यक्रमका बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएका हो ।

सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई ह्वीर्लपूलका उत्पादन र भान्साका सामानहरूमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ