११ जेठ, नुवाकोट । नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साल इतिहासका अन्वेषक तथा अध्यता स्वः ऋषिराज बरालको नाममा स्थपित सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् ।
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमकामा वरिष्ठ सङ्गीतकार एवम् प्राज्ञ बुलु मुकमरूङले लम्साललाई ’विश्व नेपाली ऋषि रङ्गमञ्च’ शीर्षको सम्मान एवम् पुरस्कार प्रदान गरेका हुन् ।
ऋषिराज बरालको नाममा उहाँकी धर्मपत्नी निर्मला बरालले स्थापना गरेको उक्त सम्मान तथा पुरस्कारको राशी ११ हजार १११ रुपैँया रहेको छ ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार मुकारूङले सम्मान र पुरस्कार युवा पुस्ताका लागि प्रेरणा रहेको बताए ।
पूर्व निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरले आफूले बालकृष्ण समसँग नाटक खेलेको स्मरण गर्दै पुरु लम्साल निरन्तर नाटकमै समर्पित रहेको बताए ।
कार्यक्रममा प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टा पुरु लम्सालका बारेमा बताउँदै, युवा उमेरमै लम्सालले प्राप्त गरेको उपलब्धि र निरन्तरता लोभ लाग्दो र प्रेरणादायी रहेको बताईन् ।
यो पुरस्कार हरेक दुई बर्षमा प्रदान गरिने जानकारी दिँदै विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंका अनुसार पहिलोपटक ददिराज सुवेदीलाई प्रदान गरिएको थियो ।