२८ वैशाख, नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बट्टारमार्फत वित्तीय साक्षरता तथा वार्षिक केन्द्र प्रमुख गोष्ठी कार्यक्रम गरिएको नुवाकोटका प्रमुख रविन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
कार्यक्रममा वार्षिक केन्द्र मुल्यांकनको आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सदस्यहरुलाई प्रसंशा पत्रसहित नगद पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विदुर नगरपालिका-२ का वडा अध्यक्ष दिपक कायस्थ र ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले कम्पनीमार्फत सदस्यले जीविकोपार्जनमा सघाउ पुर्याउनुको साथै समाजमा महिला सशक्तीकरणमा टेवा पुगेको बताए ।

प्रतिक्रिया