+
Search

ताजा अपडेट +

पपुलर +

माझिटारमा घाटुजात्रा हुने

ghatu nach in Majhitar Nuwakot
डबली खबर
१ साल अगाडी

२६ वैशाख, नुवाकोट । चण्डि पूर्णिमाको दिन विदुर नगरपालिका-५ माझिटारस्थित रक्तकाली मन्दिरमा घाटुजात्रा हुने भएको छ ।

विगतका वर्षहरूमा झै यसवर्ष पनि चण्डी पूर्णिमाका दिन हुने घाटुजात्रा जात्रा व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र अर्यालले जानकारी दिए। यसवर्ष वैशाख २९ गते बेलुका चण्डी पुजा र ३० गते दिउँसो घाटु जात्रा हुने उनले जानकारी दिए।

जात्राका लागि विदुर नगरपालिकाको सहयोगमा रक्तकाली मन्दिर परिसरको स्तरोन्नती र साजसज्जा गरिएको छ । जात्राका लागि आवश्यक घाटु नृत्यको अभ्यास भईरहेको उनले जानकारी दिए ।

मानिसहरुमा विभिन्न रोगव्याधि लाग्ने, मृत्यु समेत हुने, समयमा पानी नपर्ने जस्ता विभिन्न मानविय क्षतिको समस्यालाई न्युनिकरण गर्नका लागि घाटु जात्रासँगै विभिन्न देविदेवताको पुजा आराधना गरि यो पर्व मनाउँदै आएको स्थानीय बताउँछन् ।

यसैगरी लिखु गाउँपालिका-१ खानिगाउँमा मगर समुदायले पनि घाटु पर्व मनाउँदै आइरहेका छन् ।

घाटु संस्कृति मगर, गुरुङ र माझी समुदायसँग जोडिएपनि माझिटारमा भने यसमा सबै जातीको समान सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ