+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकले मनायो वार्षिकोत्सव

सिटिजन्स बैंकले मनायो वार्षिकोत्सव
डबली खबर
११ महिना अगाडी

वैशाख ९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं बार्षिकोत्सव मनाएको छ ।

बैंकले सोमबार बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम गरेको थियो ।

संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटलसँगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम गरेको थियो ।

सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरुमार्फत् चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिव २ खर्व २ अर्व रहेकोमा कर्जा तर्फ १ खर्व ७३ अर्व परिचालन गरेको बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ