+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाहले मनायो वार्षिकोत्सव

26th aniversary of Trishuli Prawaha Weekly Newspaper Nuwakot
डबली खबर
१ साल अगाडी

४ वैशाख, नुवाकोट । विगत २६ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको त्रिशूली प्रवाह साप्ताहिकले वार्षिकोत्सव मनाएको छ ।

जिल्लाको पहिलो रङ्गीन साप्ताहिकले आज विदुरमा आयोजित एक समारोहका बीच आफ्नो वार्षिकोत्सव मनाएको हो ।

साप्ताहिकले वार्षिकोत्सवका अवसरमा बिहीवार नियमति आठ पृष्ठ र आठ पृष्ठको ‘विशेष’ शीर्षकको विशेषांकसमेत प्रकाशन गरेको थियो ।

०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशन सुरु गरेको साप्ताहिकले नुवाकोटका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाबीच ‘स्थानीय तह र संङघियता कार्यान्वयन’ विषयमा अन्तरसंवाद गरेको थियो ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिवप्रसाद अधिकारी, उपाध्यक्ष हरिप्रसाद रिमाल, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख शशिधर धिमिरे, नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी, वडाअध्यक्षहरुलगायतले तीनै तहका सङ्घीय, प्रदेश र स्थानीयको भूमिका, कार्यन्वयन र उपलब्धीबारे आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा साप्ताहिकका प्रकाशक तथा सम्पादक शरण सापकोटाले वर्तमान अवस्थामा साप्ताहिकले निभाएको भूमिका र सञ्चार क्षेत्रले भोग्नु परेका समस्याका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ